युएन महासभामा गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ (युएन) को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले नेपाल अतिकम विकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ भिजन दिने गरी युएन महासभामा प्रस्तुत हुने दाबी गरेका हुन् । सो महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिब मुलुकहरूले भोग्नुपरेको समस्याबारे पनि जोड दिएर धारणा राख्ने बताए । उनले आफ्नो चीन भ्रमणमा पनि कृषि, पूर्वाधार र विद्युतका लागि ट्रान्समिसन लाइन निर्माणमा बढी जोड दिएर छलफल गर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनतामा निराशा बाँड्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे । अँध्यारोमा हेर्ने र त्यतैतिर जाने काम गरे मुलुक अपm्ठ्यारोतिर नै जान सक्ने उनको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन इनर्जीको प्रचुर सम्भावना नेपालमा रहेकाले त्यसको विकासमा पनि आफूहरु लागि परेको दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण