विकास ऋणपत्रमार्फत सरकारले ९ अर्ब आन्तरिक ऋण उठाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी भदौ ३१ गते ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।
बुधबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई आवेदन आह्वान गरेको छ । इच्छुक लगानीकर्ताहरुले भदौ २९ गते अपराह्न ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ७ अर्ब ६८ करोड ४० लाख रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणालीमार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड ६० लाख रुपैयाँ विना प्रतिस्पर्धा वितरण गरिनेछ । आवेदकले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
विकास ऋणपत्रको ब्याज भने अधवार्षिक अर्थात् ६/६ महिनामा भुक्तान दिने बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण