आइसरको ग्राहक भेलामा गाडीको फिचरबारे ब्रिफिङ
काठमाडौँ । आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ । जहाँ सहभागीहरूले आइसर मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापूर्वक जानकारी लिएका थिए ।
भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएको कम्पनीको भनाइ छ ।
“नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौँ । सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर बाट तुलात्मक रूपमा ५–८ प्रतिशत अतिरिक्त माइलेज पाउन सकिन्छ । साथसाथै २७ प्रतिशत उकालोमा सजिलै आइसर मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्छ’, बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर ठाकुर कुमार गाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण