हङकङमै गरिन्थ्यो काठमाडौँमा तस्करीको सुन खरिदकर्ताको ‘निधो’
काठमाडौँ । सुन तस्करीको उद्गम थलो हङकङबाट ५ जना चिनियाँले सुन पठाउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ । चिनियाँ नागरिक लिन, मिस लि, आसिन भनेर चिनिने पेङ योङ सिन, श्याम भनिने चोङ चिङ छ्वान र दाओजिन वाङ सुन पठाउने समूहमा संलग्न रहेको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।
राजस्व अनुसन्धान विभागले साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको ६० किलो ७ सय १७ ग्राम सुन हङकङबाट लिनले पठाएको प्र्रहरीको आकलन छ । सुन पठाउने समूहका सदस्यहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।
दाओजिन वाङ पक्राउ गरेपछि सुन पठाउने गिरोहबारे थप रहस्य खुल्ने अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
१५ वर्षदेखि नेपालमा बस्दै आएका दाओजिन सुनमा लगानीकर्ता हुनसक्ने प्रहरीको अनुसन्धान निष्कर्ष छ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट तस्करी गरेर ल्याएको सुनमा पनि दाओजिन संलग्न थिए । २०७९ पुस १० मा दुबईबाट आएको सुन ‘ल्याउने समूह’मा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल र दाओजिन संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ ।
हङकङबाट सुन पठाउने समूहका लिन र मिस लिभन्दा बाहेक ३ जना काठमाडौँ ओहोर दोहोर गरिरहन्थे । पेङ योङ सिन उर्फ आसिन हङकङ, नेपाल र चीनको यात्रा गरिरहन्थे । आसिनलाई काठमाडौँमा दाओजिन वाङले डेरा खोजेर राखिदिएका थिए ।
राजस्व अनुसन्धान विभागले सुन बरामद गरेपछि काठमाडौँबाट भारततर्फ फरार भएका पेङ योङ सिन भारतमै पक्राउ परेका छन् । ‘जासुस’को आरोपमा पक्रेर परेका उनी अहिले सिलगुढी जेलमा छन् । साउन ४ मा सशस्त्र सीमा बलले पक्राउ गरेर उनलाई पश्चिम बंगालको सिलगुढीस्थित खोरीबारी थानालाई जिम्मा लगाएको थाहा भएको छ ।
सुन पठाउने समूहका चोङ चिङ छ्वान उर्फ श्याम ‘लाजिम्पाट समूह’को प्रमुख हुन् । सुन तस्करीमा टोखा समूह र लाजिम्पाट समूह सक्रिय देखिएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।
लाजिम्पाट समूहको प्रमुख श्याम फरार छन् । श्यामको तीन वटा नाम छ । उनको समूहका जीक्वाङ लिन चाहिँ पक्राउ परेका छन् ।
-_9kDRoayms9.jpg)
टोखामा सञ्चालिन सुन रिफ्रेमिङ कारखाना याओ पुचेङ्ग समूहले ह्याण्डल गरेका थिए । काठमाडौँ र हङकङ ओहोरदोहोर गरिरहने श्याम चाहिँ पुचेङ्गभन्दा माथिल्लो लेयरका तस्कर हुन् । श्यामको सम्बन्ध हङकङ बस्ने लिनसँग देखिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । श्याम दुई महिनाअघि नेपालबाट भागेका हुन् । श्यामभन्दा माथिल्लो तहका तस्कर दाओजिन इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद भएसँगै काठमाडौँबाट भागेका थिए । उनी हङकङमा लुकेर बसेको आशंका छ ।
काठमाडौँका खरिदकर्ताको निधो हङकङबाटै
सुन तस्करले स्मार्ट वाच, रेजर र ब्रेक प्याडमा लुकाएर कार्गोका रुपमा काठमाडौँमा सुन पठाउँथे । हङकङबाट सुन काठमाडौँमा ल्याएपछि इलेक्ट्रिक सामानबाट निकालेर गाल्ने र वितरण गर्ने गरिन्थ्यो ।
काठमाडौँमा कसलाई सुन बेच्ने भन्ने निधो हङकङबाटै हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुन किन्नेहरु पहिचानका लागि नेपाली नोट बोकेर तस्करकहाँ पुग्ने गरेका थिए । ‘टोखा समूह’ र ‘लाजिम्मपाट समूह’का सदस्यले हङकङबाट लिनले ह्वाट्स एपमा पठाएको नोटसँग मिल्ने नोट लिएर आउनेलाई काठमाडौँका विभिन्न ठाउँमा भेटेर सुन दिने गरेका थिए ।
याओ पुचेङ्गले बुटवल घर भएका सुमन खरेललाई लाजिम्पाट र सुकेधारा लगायतका फरक ठाउँमा भेटेर नोट नम्बर यकिन गरेर सुन दिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘हङकङबाट भने अनुसार एक–दुई किलो दरमा पुचेङ्गले सुन दिन्थे, हङकङबाट पैसा लिनु भनेको अवस्थामा पैसाको कुरा हुन्थ्यो, अन्यथा हुँदैन थियो ।’
नोट मार्फत ‘रिसिभर’ पहिचान गर्नका लागि १० रुपैयाँको नोट प्रयोग भएको भेटिएको छ । हङकङबाट सुन पठाउने समूहका मुख्य तस्कर पहिचानका लागि सीआईबीले सिपर कम्पनीको ‘लोडर’हरु को सहयोग लिएको छ । लिन र मिस लिले सुन पठाउँछन् भन्ने पत्ता लगाउन सामान लोड गर्नेहरुको सहयोग लिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
सुन पठाउने समूहको सूचना संकलन गर्न ब्यूरोका एसएसपी दिनेश आचार्य हङकङ गएका थिए ।
हङकङबाट १० वटा सिपर कम्पनीमार्फत सुन कारोबारीले नेपालका ६ वटा कम्पनीलाई कार्गोको सामानमा लुकाएर सुन पठाउने गरेको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । हङकङबाट सामान लोड गर्दा तस्कर समूहले चीनको ठेगाना राख्ने गरेका थिए । सो कुरा नेपाल प्रहरीलाई सिपर कम्पनीले नै जानकारी दिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण