सुमन खरेल चिनियाँबाट सुनका बिस्कुट ‘रिसिभ’ गर्थे
काठमाडौँ । सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार भारतबाट सुमन खरेललाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । खरेल बुटवलका स्थानीय हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा खरेल ‘रिसिभर’को भूमिकामा देखिएका छन् । हङकङ र दुबईबाट ब्रेक प्याड, दाह्रि काट्ने रेजर, पानी तान्ने मोटर र स्मार्ट वाचमा लुकाएर काठमाडौँमा ल्याएपछि तस्करले ती सामानबाट सुनलाई छुटाउँथे । छुट्याएर आधा र एक किलोको बिस्कुट बनाएर बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार बिस्कुट आकारका सुन खरेलले चिनियाँबाट रिसिभ गर्ने गरेका थिए । बिस्कुट आकारको सुन खरेलले काठमाडौँ उपत्यका, भारत र नेपाल–भारत सिमानामा बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । खरेलसँग ब्युरोका अनुसन्धान अधिकृतहरुले सोधपुछ गरिरहेका छन् ।
६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् ।
पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण