सुन तस्करीको छानबिन गर्न आयोग गठन प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवैध सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको जनाएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आयोग गठनको प्रक्रिया अघि बढिसकेको सदनमार्फत जानकारी गराएका हुन् ।
उनले आफ्नो आसन्न न्युर्योक र चीन भ्रमणबारे जानकारी दिँदै अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेकाले सहमति अनुसार नै आयोग गठन प्रक्रिया अघि बढेको बताएका हुन् । ‘यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको बताएका छन् । उनले यादवमाथि आक्रमण गर्नेलाई कारबाही प्रक्रिया अघि बढेको पनि जनाए । ‘आक्रमणकारीलाई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराउँदछु । यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
-
जग्गा रोक्का गर्न घुस लिने नासुविरुद्ध भ्रष्टाचार मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण