बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस नेता यादवमाथिको हमलालाई सरकारले गम्भीर रुपमा लिएको छ : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, २९ भदौ २०८०, १४ : ४२
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति सरकारले गम्भीर रुपमा लिएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणमा जानुअघि सुक्रबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आक्रमणकारीलाई प्रचलित कानुन अनुसार कारबाही अघि बढाएको पनि जानकारी गराएका छन् । 

उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । 

कांग्रेस नेता यादवमाथि गत भदौ २० गते नुवाकोटका श्यामबहादुर सापकोटाले भृकुटीमण्डपमा खुकुरी प्रहार गरेका थिए । त्यस घटना लगतै उनी पक्राउ परेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप