कान्ति बाल अस्पतालको लापरबाहीले ज्यान गुमाएकी बालिकाबारे संसदमा प्रधानमन्त्रीले दिए जवाफ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति बाल अस्पतालको लापरबाहीका कारण आकस्मिक कक्षमा भर्ना नपाई गत भदौ १८ गते ज्यान गुमाएकी बालिकाबारे जवाफ दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणमा जानुअघि शुक्रबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले बालिकाबारे जवाफ दिएका हुन् ।
प्रधानमन्त्रीले उपचारका लागि भर्ना हुन गएकी मकवानपुर घर भई बाफल बस्ने ५ बर्षिया बालिका रेजिशा गोपालीको मृत्युको कारक रहेका दोषीलाई कारबाही गर्ने बताए । सो घटनाबारे ५ दिन समय दिएर ३ सदस्यीय छानबिन समिति गठन गरेको र समितिले प्रतिवेदन बुझाइसकेको प्रचण्डले जानकारी गराए ।
उनले भने– ‘प्रतिवेदनले अस्पतालमा आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रदर्शन हुनुर्थ्यो त्यो गर्न नसकेको तितो यथार्थले हामीलाई झक्झाउने उल्लेख गर्दै अस्पतालले विगतदेखि महशुस गरेका तर तत्काल सुधारमा बाटोहरुलाई कार्यान्वयन गर्न नसकेका व्यवस्थापकीय कमजोरी नै उक्त घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेश गरेको छ ।’
प्रतिवेदनले अस्पतालले आफ्नो तर्फबाट गर्नसक्ने सुधारको थालनी गरिसकेको र अझै गर्नुपर्ने सुधारको लागि तालुक निकायको अपेक्षा गरेको बताए । प्रचण्डले सरकारले यस्ता घटनामा दोषी पाइए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास समेत ब्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण