निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यका लागि छिट्टै ठोस निर्णय हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यअघि बढाउने गरी मन्त्रीपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताएका छन् ।
नेपाल नागरिक उडड्यन प्राधिकरणको सिनामंगलमा निर्मित भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै उनले विज्ञ समूहले दिएको सुझावको आधारमा सो विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रीपरिषद् बैठकले ठोस निर्णय लिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने विषयमा छलफल केन्द्रित हुने पनि बताए । उनले पूर्वाधार विकास र हवाई सुरक्षाको क्षेत्रमा थप स्पष्ट नीति, कार्यक्रम र कार्ययोजनाका साथ अघि बढ्न पनि नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले हवाई सुरक्षाका निम्ति नागरिक उडड्यन प्राधिकरणले गरिरहेको पहलको पनि प्रशंशा गरे ।
प्रधानमन्त्री प्रचण्डले विभिन्न जिल्लाहरुमा सञ्चालित विमानस्थलहरुलाई अत्याधुनिक बनाउने विषयमा पनि नागरिक उडड्यन प्राधिकरणले ध्यान दिने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण