बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

व्यवहारिक र नीतिगत सुधार गर्न नसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, २९ भदौ २०८०, २० : ३८
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवहारिक र नीतिगत सुधार गर्न नसके मुलुकको अर्थतन्त्र सुधार गर्न चुनौती रहेको बताएका छन् । 

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा केही नीतिगत र व्यवहारिक सुधारका गम्भीर कदम आवश्यक रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधारको लागि गरेका प्रयासहरु पर्याप्त नभएको समेत स्वीकार गरे । उनले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको वित्तीय नीति र निजी क्षेत्रको चाहना बीचमा समुचित तालमेल गर्न चुनौती सरकारलाई रहेको उल्लेख गरे । उनले प्रधानमन्त्रीको हैसियतले लगातार मौद्रिक, वित्तीय नीति र निजी क्षेत्रको बीचमा तालमेल मिलाउन धेरै प्रयास र बैठकहरु गर्दै आएपनि सफल नभएको गुनासो गरे । उनले पछिल्लो समय अर्थतन्त्रमा केही मात्रा सुधार भइरहेको दाबी गरे । 

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको आजको आवश्यकता अनुसारको मौद्रिक नीति, वित्तीय नीतिको समग्र सोच र कार्यशैलीमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको पहिलो प्राथमिकता आर्थिक रुपान्तरण भएको बताए । उनले सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको मेक इन नेपाल स्वदेशी अभियान आफैमा महत्त्वपूर्ण अभियान भएको भन्दै मेक इन नेपाललाई नेपाल सरकारले पनि अपनत्व दिएको बताए । उनले मेक इन नेपाल अभियानमार्फत औद्योगिककरण उत्पादन वृद्धि स्वदेशी वस्तु तथा सेवाहरुको गुणस्तर वृद्धि तथा निर्यात प्रवर्द्धन गर्दै अर्थतन्त्रको सबलीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको बताए । उनले निजी क्षेत्रसँगको सहकार्यबाट दिगोविकास हासिल गर्न सकिन्छ भन्ने सरकार स्पष्ट रहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप