सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नइलाई उपाध्यायद्वारा पाँच लाख रुपैयाँ सहयोग

शनिबार, ३० भदौ २०८०, १७ : ५०
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उनले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई हस्तान्तरण गरेका हुन् ।

नइ प्रकाशनको आज बसेको बैठकले डा.कपिलदेव उपाध्यायको योगदानको सम्मान गर्दै जेहेनदार विद्यार्थीको हित हेतु ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरेको छ । हरेक वर्ष तीस हजार रुपैयाँ राशिसहित 'नइ कपिल विद्यापदक' हुम्ला जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने एक जना छात्रालाई प्रदान गरिने छ । नइ प्रकाशनका कुलपति प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप