नइलाई उपाध्यायद्वारा पाँच लाख रुपैयाँ सहयोग
शनिबार, ३० भदौ २०८०, १७ : ५०
काठमाडौँ । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उनले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई हस्तान्तरण गरेका हुन् ।
नइ प्रकाशनको आज बसेको बैठकले डा.कपिलदेव उपाध्यायको योगदानको सम्मान गर्दै जेहेनदार विद्यार्थीको हित हेतु ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरेको छ । हरेक वर्ष तीस हजार रुपैयाँ राशिसहित 'नइ कपिल विद्यापदक' हुम्ला जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने एक जना छात्रालाई प्रदान गरिने छ । नइ प्रकाशनका कुलपति प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण