गैह्रीगाउँ सामूहिक हत्याकाण्ड : थप १ जना पक्राउ
काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि दीपेन्द्र राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
आइतबार थप एकजना शंकास्पदलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । पक्राउ गरिएका आरोपितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
हत्यामा संलग्न शंकित व्यक्ति कोटेश्वर हुँदै पेप्सिकोलातर्फ गएको सीसीटीभीमा देखिएको छ । झोला बोकेर पेप्सिकोलास्थित खहरेसम्म उनी पुगेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
शुक्रवार मध्यराति गैह्रिगाउँस्थित दिब्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो । हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राई छन् ।
उनीहरुको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण