सीसीटिभीमा भाग्दै गरेको दृश्य पछ्याउँदा समातिए आरोपित
काठमाडौँ । काठमाडौँको गैह्रीगाउँस्थित दिव्या स:मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितलाई प्रहरीले क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेराको सहयोगमा पक्राउ गरेको छ । सःमिलमा नविन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्यापछि हत्यामा संलग्न आरोपित झोलामा खुकुरी हालेर निस्केका थिए ।
काठ मिल पछाडिबाट पर्खाल नाघेर निस्केपछि उनी मुल सडकको किनारा हुँदै कोटेश्वरतर्फ भागेका थिए । झोला बेकेर दौडिरहेको युवकलाई पछ्याएर आरोपित सञ्जय भण्डारीलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–९ घर भएका भण्डारी कोटेश्वर, जडिबुटी र पेप्सीकोला चोक हुँदै राति १ बजेतिर काँडाघारी पुगेका थिए । शुरुमा दौडिएका उनी पछि विस्तारै हिँडेको सीसीटिभी फुटेजमा देखिन्छ ।
आरोपितलाई एसपी कुमोध ढुंगेल र डिएसपी अंगुरी जिसी नेतृत्वको टोलीले अनुसन्धापछि पक्राउ गरेको अनुसन्धान समितिका संयोजक एसएसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए । मध्यराति उनी काँडाघारीस्थित एउटा घरको पर्खालमा चढेको दृश्यमा देखिएको छ । त्यसबारे सञ्जयले प्रहरीसँग भनेका छन्– ‘कुकुर झम्टेपछि अपरिचित व्यक्तिको घरको पर्खालमा चढेको हुँ ।’
आफूलाई ठक्कर दिने मोटरसाइकल चालक काम गर्ने सः मिल नक्साल पढ्न जाँदा र आउँदा उनले पहिचान गरेका थिए । पढ्न जाँदा र आउँदा उनी त्यहि बाटोबाट पैदल ओहोर दोहोर गर्थे । बाटो हिँड्दा ‘वाच’ गरेर उनले हत्या योजना बनाएको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
त्यसदिन उनी चाबहिलमा भएको दुर्घटनाबारे ‘एकपटक कुरा गर्छु, नभए खुकुरीले हान्छु’ भनेर काँडाघारीबाट गैह्रीगाउँमा आएका हुन् । उपचार खर्च माग्न उनले नबिनसँग कुरा गर्न खोजेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण