राष्ट्र बैंकले ट्रेजरीमार्फत मंगलबार १६ अर्ब ८३ करोड आन्तरिक ऋण उठाउने
सोमबार, ०१ असोज २०८०, ११ : ५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले असोज २ गते मंगलबार जारी गर्नेगरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमको कूल १८ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो ।
बैंककाअनुसार ३ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको १३ अर्ब ८३ करोड रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरिनेछ । ९१ दिने ट्रेजरीका लागि ९ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिने र ३६४ दिनेका लागि क्रमशः ४ अर्ब ३० करोड रुपैयाँ र ३ अर्ब रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले भदौ ११ गते ८ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण