राष्ट्र बैंकले ट्रेजरीमार्फत मंगलबार १६ अर्ब ८३ करोड आन्तरिक ऋण उठाउने
सोमबार, ०१ असोज २०८०, ११ : ५९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले असोज २ गते मंगलबार जारी गर्नेगरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमको कूल १८ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो ।
बैंककाअनुसार ३ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको १३ अर्ब ८३ करोड रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरिनेछ । ९१ दिने ट्रेजरीका लागि ९ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिने र ३६४ दिनेका लागि क्रमशः ४ अर्ब ३० करोड रुपैयाँ र ३ अर्ब रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले भदौ ११ गते ८ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा