छुट्टाछुट्टै घटनामा परेर ४ जनाको मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै जिल्लामा भएका विभिन्न घटनामा परेर ४ जनाको मृत्यु भएको छ । सोमबार सप्तरी, सिन्धुली, बर्दिया र महोत्तरीमा भएका घटनामा परेर ४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सप्तरीको राजबिराज नगरपालिका–९ मलेठमा पोखरीमा डुबेर १ बालकको मृत्यु भएको छ ।
स्थानीय श्रीलाल यादवको घरमा बस्दै आएका सुनसरी कोशी गाउँपालिका–५ दुधगत बस्ने बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादवको पोखरीमा डुबेर मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायणसिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
त्यस्तै बर्दियाको मधुवन नगरपालिका–३ भगरैया बस्ने ७७ वर्षीय पुर्णबहादुर मगरको पनि डुबेर मृत्यु भएको छ । घरबाट करिब २ सय मिटर टाढा रहेको माछा पोखरीमा डुबेर सोमबार उनको मृत्यु भएको हो ।
यता, सिन्धुलीमा आगोले जलेर तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–३ बरुण बस्ने दुधराज मुक्तानका ३ वर्षीय छोरा मनिष मुक्तान रहेका छन् । शारीरिक रूपमा असक्त मनिष झुलुङेबाट भुईमा झरेर घस्रिंर्दै जाँदा चुलोमा परी जलेर मृत्यु भएको प्रहरीको भनाई छ ।
त्यस्तै महोत्तरी ३० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । लोहारपट्टी नगरपालिका–९ लेउरीस्थित खेतमा उनी मृत अवस्थामा फेला परेका हुन् । उनको नाम र वतन नखुलेको प्रहरीको भनाई छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा