अध्यक्ष ओलीले भने–सरकारले खसी, बोकाको पनि चोरी पैठारी नियन्त्रण गर्न सकेन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खसी, बोकाकाे पनि चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन् ।
ओलीले खसी, बोकालगायतका वस्तुहरू चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठ्न नसकेको समेत बताए ।
राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए ।
अध्यक्ष ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभएपनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रूपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गरे ।
ओलीले भने, ‘खसी, बोका ट्रकका ट्रक आउँछ । यो कुनै मुख्य भन्सारबाट होइन । मुख्य बाटोबाट होइन । अरु बाटोबाट आएको आएकै छ । मुख्य बाटोबाट पनि आउँछ । किनभने देउरालीमा पाती राख्नुपर्छ । देउरालीमा पाती चढाउने, ट्रक पास । किन राजश्व उठदैन ? त्यतापट्टी म अहिले जान चाहन्न । सच्याउनुपर्ने थुप्रै कुरा छ । धेरै कुराहरु सच्याउनु पर्नेछ । मैले आफ्नो समयमा सच्याउन खोजेको थिए ।’
अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल