अध्यक्ष ओलीले भने–सरकारले खसी, बोकाको पनि चोरी पैठारी नियन्त्रण गर्न सकेन
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खसी, बोकाकाे पनि चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन् ।
ओलीले खसी, बोकालगायतका वस्तुहरू चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठ्न नसकेको समेत बताए ।
राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए ।
अध्यक्ष ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभएपनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रूपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गरे ।
ओलीले भने, ‘खसी, बोका ट्रकका ट्रक आउँछ । यो कुनै मुख्य भन्सारबाट होइन । मुख्य बाटोबाट होइन । अरु बाटोबाट आएको आएकै छ । मुख्य बाटोबाट पनि आउँछ । किनभने देउरालीमा पाती राख्नुपर्छ । देउरालीमा पाती चढाउने, ट्रक पास । किन राजश्व उठदैन ? त्यतापट्टी म अहिले जान चाहन्न । सच्याउनुपर्ने थुप्रै कुरा छ । धेरै कुराहरु सच्याउनु पर्नेछ । मैले आफ्नो समयमा सच्याउन खोजेको थिए ।’
अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण