स्याउलामा घन्किए सामाजिक विभेदविरुद्धका तीज गीत

बागलुङ। बागलुङको तमानखोला १, स्याउलामा सामाजिक विभेद विरुद्ध तीज गीतहरू घन्किएका छन् ।
तमान गाउँपालिका– १ र स्थानीय आमा समूहसँगको समन्वयमा स्थानीय नव प्रगतिशील युवा क्लबको चाजोपाँजोमा यहाँका महिलाहरुले बालविवाह र सामाजिक विभेदविरुद्ध आवाज मात्रै सुनाएन छमछ्मी नचाए ।
देश बनाउने राजनीति खराब भयो चरित्र
हुनुपर्छ देशभक्ति सबको दिल भित्र
कलाकारहरूले तीजको भाकामा सामाजिक विभेद विरुद्ध आगो ओकले । सरकारलाई चुनौती दिए । जातीय छुवाछूत विरुद्ध एकजुट हुने सन्देश दिए । जात व्यवस्था अन्त्यको उद्घोष गरे , वर्ग विहीन समाजको कल्पना र बाटो देखाए । राजनीतिक इमानदार हुनुपर्नेमा जोड दिए ।
चेलीको वेदना र बिलौना गरी सकिने तीज अहिले सामाजिक जागरण, सशक्तीकरण र विद्रोहको तह सम्म आइपुगेको छ । समताको सन्देश बोकेको आशा घर्तिमगर र बिहानी रामजालीको समूह प्रथम हुँदै रु १ हजार पाँच सय र प्रमाणपत्र पाए । जातीय समानताको सन्देश दिएको फूल कुमारी सिर्पाली, रीतु रसाइली खममाया सिर्पालीको समूहको गीतले दोस्रो हुँदै रु एक हजार प्रमाणपत्र पायो भने थम कुमारी वि।क र अनुजा खडकाको गीतले तेस्रो हुँदै हुँदै रु ७ सय र प्रमाणपत्र पायो । दिलमाया र झरणाको समूह सान्त्वना स्थान गर्न सफल भएको क्लबका सचिव बिर्ख बहादुर विकले जानकारी दिए ।
लोक नृत्य प्रतियोगीले आफू मात्रै नाचेनन् उपस्थित दिदीबहिनीलाई पनि छमछ्मी नचाए । नृत्यमा तिर्सना र पुष्पा सिर्पालीको समूह प्रथम, आशा घर्ती र अञ्जली विकको समूह द्वितीय र दिलमाया सिर्पाली र तिर्सना सिर्पालीको समूह तृतीय भयो। टेकमाया र अनुजा खड्काको समूह सान्त्वना स्थान हासिल गर्न सफल भए ।
नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार १५ सय र एक हजार नगदसहित प्रमाणपत्र पाए भने सान्त्वना हुनेले प्रमाणपत्र पाएको क्लबका अध्यक्ष कवीन्द्र सिउतानीले जानकारी दिए ।
बाल विवाह अन्त्य सामाजिक विभेद न्यूनीकरणमा केन्द्रित विशेष कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य तेकलाल विश्वकर्मा, विशिष्ट अतिथि क्लबका सल्लाहकार देवेन्द्र घर्ती मगर, दल प्रसाद पुन र मिलीजुली आमासमुहका आशा घर्ती , नव परिवर्तनशील आमा जमुहका थम कुमारी वि।क। साथै वडा सदस्य देवसरा विकको उपस्थिति रहेको थियो । सयौँको सङ्ख्यामा महिला तथा पुरुषहरूको सहभागिता रहेको कार्यक्रममा दिदी बहिनीहरू दर खादै नाचेका थिए ।
कार्यक्रमलाई वडाले ६ हजार, मिलीजुली आमा समूह र नव परिवर्तनशील आमा समूहले ३–३ हजार नगद सहयोग गरेका थिए ।
क्लब अध्यक्ष कवीन्द्र सिउतानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम विकको स्वागत मन्तव्य राखेका थिए भने सचिव बिर्खबहादुर विकले सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद