रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु
मङ्गलबार, ०२ असोज २०८०, ०९ : ५०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा न ९ केवलानीमा गएराति मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गरेका मजदुरमध्ये हेटौंडाका सुरेश साङत्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटनामा ३ जना घाइते भएका छन् । प्रहरी निरीक्षक किशोर केसीका अनुसार प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेलाई उपचारको भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा