सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा ५.७९ प्रतिशत लाभांश स्वीकृत

मङ्गलबार, ०२ असोज २०८०, १० : ३३
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनले आर्थिक वर्ष २०७९र८० का लागि ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । भदौ ३१ गते बसेको संचालक समितिको ४२८ औं बैठकले आर्थिक वर्ष २०७९/८० को  मुनाफाबाट ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । जसअनुसार वितरणयोग्य मुनाफाबाट आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६ को ५.७९ प्रतिशतले हुने रु. ८२,२१,६१,६५२.९६ नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ । 

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४५ हजारलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप