केन्द्रीय बैंकले आज ९ अर्ब ६४ करोड बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । असोज ४ गते जारी गर्ने गरी बैंकले छ वर्षे ‘विकास ऋणपत्र २०६८ ‘ठ’ बोलकबोल गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यस ऋणपत्रमा आवेदन दिन सक्नेछन् । आवेदन भने आज दिउँसो ३ बजेभित्र गरिसक्नुपर्ने छ ।
सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब १९ करोड ४ लाख रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणालीमार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ६ लाख रुपैयाँ विना प्रतिस्पर्धा वितरण गरिनेछ ।
आवेदकले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
विकास ऋणपत्रको ब्याज भने अधर्वाषिक अर्थात् ६/६ महिनामा भुक्तान दिने बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण