प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छ : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट परे ।
ओलीले संविधान निर्माणमा सुवास नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उहाँको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए ।
अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद