मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनु पर्छ : ईश्वर पोखरेल
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अधिवेशनहरुलाई एकताबद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रुपमा चित्रण गरे । ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण