सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एलपी ग्याँसलाई प्रतिस्थापन गर्न सक्ने सुधारिएका चुलो निर्माण, ६२ देखि ६४ जिल्लामा प्रयोग

ग्याँसको उच्चतम विकल्पको रूपमा यसलाई प्रयोग गर्न सकिन्छ : इन्जिनियर गुप्ता
बिहीबार, ०४ असोज २०८०, ०८ : ०९
बिहीबार, ०४ असोज २०८०

बारा । वीरगन्ज महानगरपालिका वडा नं २१ स्थित हस्क पावर नेपाल प्रालिले एलपी ग्याँसको उच्चतम विकल्पको रूपमा धुवाँ रहित उन्नत वायुपंखी चुलो उत्पादन गरेको छ । जन्मा सामान्य मकैको खोया, साना–साना दाउराको टुक्रा, कोइला, बिकेट, प्लेटदेखि  सुकेको झारपातबाट सजिलै खाना पकाउन सकिन्छ । 

नेपाल सरकारबाट मान्यता प्राप्त हस्क पावर कम्पनी प्रालिले घरेलु तथा व्यावसायिक प्रयोजन गरी झन्डै एक दर्जन फरक फरक प्रकृतिका वातावरणमैत्री धुवाँ रहित चुलोहरु बजारमा ल्याएको छ । कम्पनीका प्रबन्धक तथा इन्जिनियर मनोजकुमार गुप्ताले हस्क  पावर कम्पनीले उत्पादन गरेको चुलो अहिले ६२ देखि ६४ वटा जिल्लामा प्रयोग भइरहेको बताएका छन् । 

कम्पनीले २०७३ सालदेखि ‘टार्यर २’ बाट सुरु गरेर अहिले ‘टार्यर ३ प्लस’ अर्थात ९५ प्रतिशत धुवाँ रहित चुलो निर्माण गरेर बजारमा पुर्‍याएको हो । ‘यसलाई ग्याँसको उच्चतम विकल्पको रूपमा घर घरमा प्रयोग गरेर पुरानो स्वादमा हामी रमाउन सक्छौ, यो चुलोमा दाउराको खपत असाध्यै न्यून हुन्छ’ इन्जिनियर गुप्ताले भने ‘खाना पकाउन,सेकुवा बनाउन, आगो ताप्न र ४०-४५ जनाको समूहमा घर बाहिर पिक्निकको आयोजना गर्दा सजिलै खाना पकाउन सकिन्छ’ 

यसले पुरानो चुलोको तुलनामा ७५ देखि ८० प्रतिशत दाउराको खपतलाई कम गर्ने, वातावरणलाई स्वच्छ राख्न र धुवाँको असरलाई समेत कम गर्दछ । 

h12

उन्नत प्रविधिको सुधारिएको चुलो अहिले वार्षिक ४५ देखि ५० हजारको सङ्ख्यामा बजारमा बिक्री भइरहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा यसको माग अझ बढी भएको कम्पनीले जनाएको छ । 

चुलोको उत्पादन लागत घटाउन पछिल्लो समय नेपाल सरकारसँगै फान्सको वातावरणको क्षेत्रमा (कार्वन मार्केटिङ) मा काम गर्ने गैरसरकारी संस्थाहरुले समेत सहयोग गर्दै आएका छन् । यो चुलोको उत्पादन लागत प्रतिचुलो ९ हजार हजार ८ सय भए पनि वातावरणको क्षेत्रमा कार्यरत सङ्घसंस्थाको सहयोगमा यसको बजार मूल्य भ्याट बाहेक ५ हजार रहेको छ । कम्पनीले यो चुलो प्रयोगकर्ताहरूका लागि ३ वर्षको वारेन्टी-ग्यारेन्टी प्रदान गरेको छ ।

हक्र्स पावर नेपाल प्रा.लिका प्रबन्धक गुप्ताले अहिले  कम्पनीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको लागि ७० हजार चुलोको सम्झौता गरेर गतवर्षदेखि नै वितरणको काम समेत सुरु गरेको बताएका छन् । नेपाल खाना पकाउने एल पि ग्याँसको लागि पूर्ण रूपमा भारतमा निर्भर छ ।  ग्याँसको मूल्य बढ्दै गएपछि मध्यम तथा निम्न वर्गका  प्रयोगकर्ताहरूको यसको विकल्प खोज्न थालेका छन् । जसको लागि  वातावरणमैत्री, धुवाँरहित सुधारिएको चुलोको प्रयोग अत्यन्तै कम खर्चिलो र लाभदायक मानिएको छ ।

‘ग्याँस आयातित हो,हाम्रो देश वायोईर्नजीमा विश्वमै धनी देश हो,  भएको झारपातलाई प्रयोग गरेर हामी खाना पकाउन सक्छौ दाउरा नै चाहिदैन्’ गुप्ताले भने ‘मकैको खोयादेखि मकैको ठुटा, जरासम्म बाल्न सकिन्छ,जे भए पनि चलाउन सकिन्छ’ 

h6

सामान्यता ५ देखि ६ जनाको परिवारमा खाना पकाउँदा एक देखि डेढ किलो दाउरा प्रयोग हुने ठाउँमा २ सय ग्राम दाउराले एउटा परिवारलाई खाना पकाउन सकिने जनाएका छन् ।

यो चुलो प्रयोग गर्न सुरु गरेपछि सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रयोगकर्ताहरूले एक वर्षका लागि सञ्चय गरेको दाउराले २ वर्षभन्दा बढी चलेको जनाएका छन् । 

एउटा परिवारलाई महिनाभरमा १८ सय मूल्यको सिलण्डर आवश्यक पर्दछ भने यो चुलाे प्रयोग गर्दा ३ सय देखि ४ सय रुपैयाँ मात्रै खर्च हुने गुप्ताले जनाएका छन् ।  

h4

यो चुलोमा खाना पकाउँदा भाँडो कालो हुने समस्या पनि हुँदैन भने अन्यत्रै न्यून विद्युत् खपत गर्दछ । पछिल्लो समय जीतपुर सिमरा उपमहानगरले २३ प्रतिशत मूल्यमा विद्युतीय चुलो, सुधारिएको  धुवाँरहित टिर्यर ३ चुलो वितरण गर्न सार्वजनिक सूचना निकालेको थियो । जन्मा २० हजार भन्दा धेरैले एकैपटक आवेदन दिएका थिए । जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले हस्क पावर कक्पनिले उत्पादन गरेका चुलोहरू वातावरणमैत्री, धुवाँरहित भएकोले घरायसी र व्यवसायी (होटेल तथा रेन्टुरेन्ट) प्रयोगका लागि अत्यन्तै लाभदायक हुने बताउँछन् । कम्पनीले उत्पादन गरेका चुलोहरूको अनुगमन गर्दै नगरप्रमुख पौडेलले उपमहानगरभित्र बिस्तारै एलपी ग्याँसलाई प्रतिस्थापन गर्दै देशभित्रै उत्पादन भएका सुधारिएका चुलोको प्रयोगलाई बढाउँदै लैजाने बताएका छन् । 

h2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप