निगमले भन्यो–१४.२ केजी भन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी
काठमाडौँ । नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी भएको स्पष्ट गरेको छ । ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा समेत एलपी ग्यास भरी विक्री वितरण भएको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै निगमले त्यस्ता सिलिन्डरहरूको प्रयोग नगर्न आम उपभोक्तालाई समेत अनुरोध गरेको छ ।
निगमले केही ग्यास उद्योगहरूले बढी क्षमताका सिलिन्डरमा ग्यास भरी विक्री वितरण गर्न अनुमति माग गरे पनि नदिएको स्पष्ट गरेको छ । ‘निगमले एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित) अनुसार अनुमति दिन नसकिने जानकारी गराइसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ १४.२ केजी भन्दा बढी जस्तै ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा ग्यास भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न यसै सूचना मार्फत जानकारी गराइएको छ ।’
निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण