युएसएआईडीबाट नेपाललाई २० लाख अमेरिकी डलर सहयोगको घोषणा
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को ‘डेमोक्रेसी डेलिभर्स’ कार्यक्रममा विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युएसएआईडी प्रशासक सामन्था पावरले फोर्ड फाउन्डेसन तथा रकफेलर फाउन्डेसनसँगको साझेदारीमा नेपाल लगायत लोकतान्त्रिक रूपान्तरणको अनुभव गरिरहेका अन्य मुलुकमा लगानी गर्ने सम्बन्धमा परोपकारी तथा निजी क्षेत्रका साझेदारहरूसँग बैठक गरेका छन् ।
उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी थिए । साथै युएसएआईडीको डेमोक्रेसी डेलिभर्स इनिसिएटिभबाट सहयोगप्राप्त देशहरूको पहिलो समूहको नेतृत्वको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा युएसएआईडीले अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि नेपालले २० लाख अमेरिकी डलर प्राप्त गर्ने घोषणा गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
लोकतान्त्रिक विकासका लागि युएसएआईडीको साझेदारी कार्यक्रममार्फत युएसएआईडीरनेपालले नेपालका लोकतान्त्रिक सुधारकर्ताहरूसँगको आफ्नो साझेदारीलाई प्रगाढ बनाउने र आधारभूत सुधारहरू अगाडि बढाउन समाजका सबै पक्षबाट सरोकारवालाहरूलाई भेला गर्ने उनीहरूको प्रयासमा सहयोग गर्ने उद्देश्यका लागि लचिलो, बहुवर्षीय आर्थिक सहायता उपलब्ध गराउन हालै ६९ लाख अमेरिकी डलर प्राप्त गरेको छ ।
युएसएआईडी र नेपालका कार्यवाहक निर्देशक केरेन वेल्चले भने, ‘स्थानीय सुशासनलाई बलियो बनाउन र आफ्ना नागरिकका लागि सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नेपालको जारी प्रयाससँग मेल खाने गरी अतिरिक्त स्रोतलाई लगानी गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण