सर्लाहीमा कर्फ्यु आदेश जारी

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा (पुरानो मलंगवा) स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज राति १ बजदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि मलंगवाका निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सूचना जारी गरी सदमरमुकाम मलंगवामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम पूर्वमा झिम नदी, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र, उत्तरमा प्रहरी पोस्ट र बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएका छन् ।
जारी सूचनामा सो क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एवम् अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको जनाइएको छ ।
सूचनामा कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ ।
बिहीबार राती एक समूहले मूर्ति सेलाउने क्रममा भएको विवादपछि केही स्थानमा तोडफोड र आगजनी गरेलगत्तै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने