बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पदाधिकारीलाई नैनसिंहको प्रश्न : केन्द्रीय समितिको निर्णय लेख्दा किन फरक आउँछन् ?

शुक्रबार, ०५ असोज २०८०, ०७ : १२
शुक्रबार, ०५ असोज २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी बैठकमा भएका निर्णय प्रकाशित भएर आउँदा फरक तरिकाले आउने गरेको आरोप लगाएका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता महरले पदाधिकारीसँग गुनासो राखे ।

 ‘केन्द्रीय समितिमा एउटा निर्णय गर्छौं, पदाधिकारीहरु के के लेख्नुहुन्छ, कार्यान्वयन के के हुन्छ, हामी बेखबर छौं,’ उनले भने । १० साउनमा भएका केन्द्रीय समितिका निर्णयहरु अत्यन्तै सुस्त गतिमा कार्यान्वयन भएको महरको भनाइ छ । 

पार्टीले गरेका गतिविधिमा केन्द्रीय सदस्यहरु नै बेखबर रहने गरेको बताए । पार्टीले २र३ वटा इभेन्ट हुँदा पनि थुप्रै केन्द्रीय समितिका सदस्य बेखबर रहेको बताए ।

महरले भने, ‘केन्द्रीय कार्यालयले गर्ने कुनै पनि गतिविधिमा केन्द्रीय सदस्यहरु जानकार हुनुपर्दछ र बनाइनु पर्दछ ।’

यस्तै सरकार र पार्टीबीच समन्वयको अभाव रहेको महरको निचोड थियो । ‘शिक्षकहरु आज आन्दोलनमा छन् । आज हामी यो विधेयकबारे बेखबर छौं । सांसदलाई मात्रै होइन, संसदमा नजाने केन्द्रीय सदस्यहरुलाई पनि विधेयक जानकारी होस्’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप