पदाधिकारीलाई नैनसिंहको प्रश्न : केन्द्रीय समितिको निर्णय लेख्दा किन फरक आउँछन् ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी बैठकमा भएका निर्णय प्रकाशित भएर आउँदा फरक तरिकाले आउने गरेको आरोप लगाएका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता महरले पदाधिकारीसँग गुनासो राखे ।
‘केन्द्रीय समितिमा एउटा निर्णय गर्छौं, पदाधिकारीहरु के के लेख्नुहुन्छ, कार्यान्वयन के के हुन्छ, हामी बेखबर छौं,’ उनले भने । १० साउनमा भएका केन्द्रीय समितिका निर्णयहरु अत्यन्तै सुस्त गतिमा कार्यान्वयन भएको महरको भनाइ छ ।
पार्टीले गरेका गतिविधिमा केन्द्रीय सदस्यहरु नै बेखबर रहने गरेको बताए । पार्टीले २र३ वटा इभेन्ट हुँदा पनि थुप्रै केन्द्रीय समितिका सदस्य बेखबर रहेको बताए ।
महरले भने, ‘केन्द्रीय कार्यालयले गर्ने कुनै पनि गतिविधिमा केन्द्रीय सदस्यहरु जानकार हुनुपर्दछ र बनाइनु पर्दछ ।’
यस्तै सरकार र पार्टीबीच समन्वयको अभाव रहेको महरको निचोड थियो । ‘शिक्षकहरु आज आन्दोलनमा छन् । आज हामी यो विधेयकबारे बेखबर छौं । सांसदलाई मात्रै होइन, संसदमा नजाने केन्द्रीय सदस्यहरुलाई पनि विधेयक जानकारी होस्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण