सबै धर्म र समुदायबीच आपसी सदभाव कायम राख्न सर्वपक्षीय सहमति
वीरगञ्ज । सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको सर्वपक्षीय बैठकमा सबै धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो ।
राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्ति सुरक्षा अमनचैनमा असर पर्ने गरी धार्मिक एवं सामुदायिक प्रकारको र्याली, जुलुस, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।
“बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्थाहरू विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्म रहेअनुसार शान्ति अमनचैनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका र्याली, बन्द आदि कार्यक्रम एवं गतिविधि कुनै पनि सङ्घसंस्था एवं समुदायले नगर्ने र यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संस्था, क्षेत्रलगायतका सरोकारवालाले सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ ।
मूर्ति विर्सजनको क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच विवादलाई लिएर हिन्दू समाजले हिजो वीरगञ्ज बजार बन्द गराउँदै प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच विवाद भएको थियो ।
यसैबीच वीरगञ्ज महानगरपालिकाको अगुवाइमा भोलि वीरगञ्जमा धार्मिक सद्भाव र्याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दै भोलि सोमबार बिहान ११ बजे सद्भाव र्याली निकाल्ने जानकारी दिएको छ ।
वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट सदभाव र्याली निकाल्ने वीरगञ्ज महानगर पालिकाको सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण