चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने निर्णय
काठमाडौँ । चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरिएको छ । उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेत सहित सरोकारावालाहरुको बैठकले सो निर्णय गरेको गृह प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले जानकारी दिए ।
पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नहरूलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ अनुसार सुरक्षा समन्वय समितिको बैठक नियमित राख्ने निर्णय गरिएको छ ।
त्यस्तै, देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ अनुसारको कसुर र दण्ड सजाय सम्बन्धी सार्वजनिक सूचना सबैले देख्ने गरी टाँस गर्ने निर्णय गरिएको छ । सूचना टाँस गर्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने गृह प्रवक्ता शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण