नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता
बिहीबार, ११ असोज २०८०, १२ : ०२
भरतपुर । पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा आएका उनीहरु देवघाट आएका थिए । नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाको टोली खटिएको थियो । टोलीले बेपत्ता भएकाको खोजी गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण