सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जिडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा

शनिबार, १३ असोज २०८०, ०७ : ०३
शनिबार, १३ असोज २०८०

काठमाडाैँ । नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रालिले जिडब्लुएमका प्रभावशाली एसयूभीहरू हाभल एच ६, हाभल जोलायन, पिक–अपपावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारी साधनहरुका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ यही असोज १२ देखि १८ सम्म आयोजना गर्दै छ । 

यो क्याम्प जिडब्लुएमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म आयोजना हुनेछ, जसबाट कार उत्साहीहरुले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जको विशेष अवसर प्राप्त गर्नेछन् ।

यसक्याम्पले उत्साहीहरूलाई स्लीकहाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्दछ । चाहेसहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जिडब्लुएमको टेस्ट ड्राइभ एण्डएक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टता प्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ  ।

ग्राहकहरूले यस क्याम्पमार्फत प्रभावशाली जिडब्लुएम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआइ टिभी जित्ने अवसरहरूका साथै, एक्सचेन्जबोनस, हरेक टेस्ट ड्राइभका साथविशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तिय सुविधा र  ओरा ०३ सँग सेभेन केएम फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउनेछन् । 

जिडब्लुएमटेस्ट ड्राइभ एक्सचेन्ज फिएस्टा क्याम्पमा उत्कृष्ट डिलहरू र बेजोड प्रस्तावहरूको अनुभव गर्न सबैलाई आमन्त्रित गर्दै, यो कार्यक्रम जोशले भरिपुर्ण बनाउन कम्पनी तयार रहेको छ ।

जिडब्लुएमले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले “रेट्रो–मोर्डनिस्टिक डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्त रूप दिएको छ । ओरा ०३ इभीले आफ्नो बाहिरी भागमा नरम रेखाहरू प्रदर्शन गर्दछ, जसले ब्रान्डको विशिष्ट पारिवारिक शैलीलाई प्रतिबिम्बित गर्दछ ।

जि.डब्लु.एमको बारेमाः

जडब्लुएम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, ओरा ०३ ईभीपावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरू र प्रिमियम सुविधाहरू उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढवा दिने वाचा गर्दछ । 

ग्रेट वालमोटर (जिडब्लुएम)ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनीहो जसको विश्व बजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजार भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जिडब्लुएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलता पूर्वक बिक्री गरिरहेको छ । 

भिजी इम्पेक्स नेपालमा ग्रेट वालमोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भिजी इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यीलोकप्रिय गाडीहरु नेपालल्याउन सफल भएको छ । जिडब्लुएम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप