सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राजी राणा परोपकार गुठीद्वारा अति विपन्न मुसहर परिवारलाई पक्का घर हस्तान्तरण

शनिबार, १३ असोज २०८०, १२ : ३३
शनिबार, १३ असोज २०८०

बारा । जीतपुर सिमरा वडा नं ६, नगोली पुजा महतो (मुसहर) को सानो फुसको छाप्रोमा १६ जनाको परिवार कष्टसँग बस्दै आएका थिए । 

बर्खा लागेपछि घरमा पानी चुहिने, सुत्न ठाउँको अभाव, शौचालय गर्न जङ्गल तिर जानुपर्ने, खानेपानीको लागि छिमेकीको धारामा लाइन बस्नुपर्ने समस्या थियो । अति विपन्न मुसहर परिवारकी पूजाले शुक्रबार पक्की शौचालय, खानेपानीको धारा सहितको ३ कोठाको पक्का घर पाएपछि खुसी भएकी छिन् । ‘फुसको घरमा १६÷१७ जनाको परिवारमा सुत्ने ठाउँ पनि पुग्दैनथ्यो, शौचालय, खानेपानीको पनि धेरै समस्या थियो, आफै कमाएर यतिको घर बनाउने सक्दैनथ्यौ, नयाँ घर पाएर धेरै खुसी लागेको छ’ पूजाले भनिन् । 

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले जीतपुरसिमरा उपमहानगरपालिका ६ का मुसहर समुदायका अति विपन्न २० परिवारलाई शुक्रवार १० हजार नगद रकम सहित नयाँ घर हस्तान्तरण गरेको छ ।

स्वर्गीय प्रभु शमशेर जबराकी पत्नी राजी राणाले मुसहर परिवारलाई एक कार्यक्रमका बीच घरको चाबी, नगद र कागजपत्र हस्तान्तरण गरेकी हुन् । सो कार्यक्रममा घर पाएकी गीता उराउ (मुसहर) पनि शौचालय, खानेपानीको धारा सहित पक्की घर, नगद रकम पाएपछि खुसी भएकी छिन् । ‘पहिला बस्ने घर थिएन अहिले घर पाएपछि धेरै खुसी लागेको छ’ गीता उराउले भनिन् । 

लामो समयदेखि ऐलानी जग्गामा बस्दै जीतपुर सिमरा पडा नं ६ का  अति विपन्न मुसहर परिवारलाई स्वर्गीय जबराकी पत्नी राणाले करिब ७ करोड लागतमा घर निर्माण गरिदिएकी हुन् । घर निर्माणका लागि जग्गा अभाव भएपछि आफ्नै नाममा साढे सात कट्ठा जग्गा खरिद गरेर गुठीले मुसहर समुदायका लागि नयाँ बस्ती खडा गरेको हो । प्रतिघर करिब सात धुर जमिनमा तीन कोठे घर, शौचालय र पानीका लागि चापाकलको व्यवस्था गरिएको छ । 

j13

निर्माण गरिएको २० वटा घर गोलाप्रथाबाट हस्तान्तरण गरिएको हो । दैनिक ज्यालादारीमा काम गरेर गुजारा टार्दै आएका मुसहर समुदायका परिवारहरू पक्की घरमा बस्न पाउँदा असाध्यै खुसी देखिएका थिए । 

j2

 आर्थिक रूपमा विपन्न मुसहर परिवारलाई खानेपानीको धारा, पक्की शौचालय सहितको नयाँ घर बनाउन सहज  भने थिएन । जीतपुर सिमरा वडा नं ६ की जटरी माझी पक्का घरमा बस्न पाएकोमा असाध्यै खुसी लागेको भन्दै राजी राणा बडामहारानी धन्यवाद भन्दछिन् । 

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार गुठीले निर्माण गरेको घरमा बस्ने परिवारको छनोट भने जीतपुर सिमरा वडा नं ६ वडा कार्यालयले गरेको हो । गुठीले सो घरहरु ५ महिनामा निर्माणको  सम्पन्न गरेर शुक्रबार हस्तान्तरण गरेको हो ।

j15j14j13j8j6j4j1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप