६.९७ प्रतिशत ब्याजदरमै सरकारले उठायो ७२ अर्ब ३१ करोड आन्तरिक ऋण
सोमबार, १५ असोज २०८०, ११ : २८
काठमाडौं । चालू आर्थिक वर्षमा सस्तो ब्याजदरमै सरकारले ७२ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका लागि केन्द्रीय बैंकमार्फत सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा नै कूल ७२ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो ।
आर्थिक वर्षको असोज १४ गतेसम्ममा १० पटक गरी केन्द्रीय बैंकले ७२ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको हो । अघिल्लो वर्षको तुलनामा सरकारले सस्तो ब्याजरमा ऋण उठाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा सरकारले औसत ८.६४ प्रतिशतको ब्याजदरमा विकास ऋणपत्रमार्फत एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण पाएको हो ।
यसले सरकारी दायित्व समेत कम भई राष्ट्रिय लगानीको वातावरण बनेको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण