पश्चिम नेपालमा भूकम्पको धक्का
मङ्गलबार, १६ असोज २०८०, १५ : १०

सुर्खेत । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।
यस्तै ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
-
सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप
-
प्रेस सेन्टर नेपालले तीन वटै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा