साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा साढे तीन वर्षपपछि आइतबार राप्रपाको पार्टी कार्यालय धुम्बाराही पुगेका छन् ।
२०७८ सालको महाधिवेशनमा तत्कालीन राप्रपाको अध्यक्षमा प्रत्याशी बनेका थापाले राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी नै परित्याग गरेर राप्रपा नेपाल बनाएका थिए ।
महाधिवेशनमा पराजित बनेसँगै उनी दरबारले आफूलाई हराएको भन्दै आक्रोशित बनेका थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महाधिवेशन गराउने अध्यक्षको रूपमा थापाले मंसिर १५ गते राति अबेरसम्म पार्टी कार्यालयबाटै काम गरेको स्मरण गरे । तर, महाधिवेशनपछि र त्यसपछि पनि थापा कार्यालयमा नगएको उनको भनाइ छ ।
‘२०७८ मंसिर १६–१९ गते राप्रपाको महाधिवेशन हुँदै थियो । महाधिवेशन गराउने अध्यक्षको रूपमा मंसिर १५ गते राति अबेरसम्म पार्टी कार्यालयमा तयारीमा खट्नुभएका कमल थापा महाधिवेशनपछि र त्यसपछि पनि विविध कारणले राप्रपा कार्यालय फर्कनुभएन’, श्रेष्ठले फेसबुकमा भनेका छन्, ‘राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलनको मिति घोषणा भइसकेको सन्दर्भमा ३ वर्ष ६ महिनापछि राप्रपा नेपालको अध्यक्षको रूपमा उहाँ आज आन्दोलनको तयारी बैठकलाई सम्बोधन गर्न राप्रपा केन्द्रीय कार्यालय पुग्नुभयो ।’
सो क्रममा पार्टीका पूर्वअध्यक्ष समेत रहेका थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनले न्यानो स्वागत गरेको श्रेष्ठले बताए । उक्त कार्यालय थापाकै अगुवाइमा निर्माण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण