८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले असोज १९ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो ।
आगामी शुक्रबार अर्थात् असोज १९ गते बिक्री हुने विकास ऋणपत्रको बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले यस विकास ऋणपत्रमा लगानी गर्न सक्नेछन् । तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पु¥याएर ऋणपत्रका लागि आवेदन दिन सकिनेछ ।
बैंकका अनुसार कूल बिक्री हुने ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ आपसी प्रतिस्पर्धामा बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड विनाप्रतिस्पर्धा बिक्री गरिनेछ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
२०८० असोज १९ गतेदेखि सुरु हुने ऋणपत्र २०८८ असोज १९ गते गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६÷६ महिनामा प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण