बाकसमा फर्किए रामबहादुर र भिमसेन !
युएई । गतहप्ता हृदयघातका कारण मृत्यु भएका कावासोती–१६, नवलपरासीका रामबहादुर खत्री क्षेत्री र दुई महिना अगाडि आत्महत्या गरेका पाल्पा बगनकाली–३ का भिमसेन दमाईको शव आज नेपाल फर्किएको छ ।
परिवारका लागि खुसी कमाउने उद्देश्यसहित खाडी मुलुक आएका उनीहरू आज बाकसमा नेपाल फर्किएका हुन् ।
बिगत ११ बर्ष देखि युएईको शारजाहस्थित लुलु सुपरमार्केटमा कार्यरत रामबहादुर खत्री क्षेत्री र १३ बर्ष देखि युएईको शारजाह स्थित प्लाटिन ३ एलटिडि साफ जोन कम्पनिमा काम गर्दै आएका भिमसेन दमाईको शव आज नेपाल पठाईएको पाल्पाली समाज युएई अध्यक्ष बेद प्रसाद अर्यालले बताए।
राति सकुसल सुतेका राम बहादुर बिहान मृत अबस्था भेटिएका थिए । उनको हृदयघातका कारण मृत्यु भएको थियो ।
भिमसेनले भने आफ्नै शौचालयमा झुन्डिएर आत्महत्या गरेका थिए ।
दुई महिना अघि नेपाल फर्कन एयरपोट पुगेका दमाई बोर्डिङ पाससमेत लिएर उनी जहाज नचढी कोठामा फर्किएर आफुले दैनिक प्रयोग गर्नै शौचालयको सिलिङ्मा डोरीको पासो लगाई आत्महत्या गरेका थिए ।
उनको आत्महत्या के कति कारण ले भयो भन्ने बारेमा अझै खुल्न सकेको छैन ।
नेपाली दुतावास युएई र पाल्पाली समाजले युएईले उनको शब नेपाल पठाउन सहयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण