शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
खुले सुपथ मूल्य पसल, उपभोक्ता भने न्यून (तस्बिरहरू)

खुले सुपथ मूल्य पसल, उपभोक्ता भने न्यून (तस्बिरहरू)

आइतबार, २१ असोज २०८०

काठमाडौँ । दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिएको हो । 

सहुलियत पसल सञ्चालन भएसँगै थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपभोक्ता भने न्यून देखिएका छन् । पसलबारे जानकारी पाएपछि उपभोक्ता बढ्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया