देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
सारांश
- देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा मुनि रहेको छ।
- प्रमुख नदीहरूमा अवस्था सामान्य रहे पनि देशका विभिन्न २८ जिल्ला भई बहने स-साना नदी र खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
- तटीय क्षेत्र तथा साना नदी किनारमा बस्ने बासिन्दालाई आवश्यक पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा मुनि रहेको छ।
महाशाखाका अनुसार बिहीबार बिहानको मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीसँगै तिनका सहायक नदीहरूमा बहाव सामान्य छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि जलसतह सतर्कता तहभन्दा तलै रहेको छ।
प्रमुख नदीहरूमा अवस्था सामान्य रहे पनि देशका विभिन्न २८ जिल्ला भई बहने स-साना नदी र खोलाहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। महाशाखाका अनुसार आज तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
यस्तै मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीका साना नदीहरूमा पनि बहाव बढ्न सक्नेछ। महाशाखाले ‘मुगु, सुर्खेत, दैलेख, अछाम, डोटी र आसपासका जिल्ला भएर बहने स-साना नदीहरूमा समेत बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको’ जनाएको छ।
मौसममा आउने परिवर्तनसँगै भोलि शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेश भएर बहने केही स-साना नदीहरूमा जलसतह आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ। यसैगरी पर्सी शनिबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ।
तटीय क्षेत्र तथा साना नदी किनारमा बस्ने बासिन्दालाई आवश्यक पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण