आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
सारांश
- अभियन्ता डाक्टर गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्।
- उनले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको तथा पटक–पटक उठाइएका मागप्रति बेवास्ता गरेको आरोप लगाएका छन्।
- यसपटकको आन्दोलनमा उनले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया र नीतिगत निर्णयलाई प्रमुख मुद्दा बनाएका छन्।
धनगढी । चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता डाक्टर गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। उनले दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनसन सुरु गर्ने कार्यक्रम तय गरेका छन्।
डाक्टर केसीले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको तथा पटक–पटक उठाइएका मागप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। यसअघि सरकारले माग सम्बोधन गर्न साउन ५ गतेसम्मको समय मागे पनि कुनै ठोस पहल नभएपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको उनको भनाइ छ।
निर्धारित समयसीमाभित्र सरकारले कुनै सकारात्मक कदम नचालेपछि आन्दोलनको विकल्प नरहेको निष्कर्षमा डा केसी पुगेका डाक्टर अमृत जैसीले जानकारी दिए। डाक्टर केसी सुदूरपश्चिममा गत शुक्रवार पुगेका थिए। यसअवधिमा उनी, कञ्चनपुर, कैलाली, लगायत विभिन्न जिल्लामा पुगे।
बुधबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत डाक्टर केसीले आफ्ना मागप्रति सरकार गम्भीर नबन्दा उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन्। नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र सुशासनको पक्षमा आफूले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले फेरि सत्याग्रहको बाटो रोज्नुपरेको बताएका छन्।
यसपटकको आन्दोलनमा उनले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया र नीतिगत निर्णयलाई प्रमुख मुद्दा बनाएका छन्। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा कानुन र मापदण्डविपरीत गरिएको भनिएका नियुक्तिहरू खारेज गर्नुपर्ने, सम्बन्धित ऐनका विवादित व्यवस्था संशोधन गर्नुपर्ने र नियुक्तिमा राजनीतिक प्रभाव तथा स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको माग छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण