पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
सारांश
- पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
- नेता नेपालले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शक रहेको बताए ।
- विज्ञप्तिमा भनिएको छ, 'वि.सं. २०३५ साल साउन ७ गते उहाँ भौतिक रूपमा हामीबाट बिदा भए पनि नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले दिनुभएको योगदान अमूल्य छ ।'
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
एक सन्देश जारी गर्दै नेता नेपालले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान आजको समयमा पनि उत्तिकै सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शक रहेको बताए ।
विज्ञप्तिमा भनिएको छ, "वि.सं. २०३५ साल साउन ७ गते उहाँ भौतिक रूपमा हामीबाट बिदा भए पनि नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले दिनुभएको योगदान अमूल्य छ । नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि उहाँले प्रारम्भ गर्नुभएको संघर्षको यात्रा निरन्तर अघि बढिरहेको छ र यसले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ ।"
नेता नेपालले पुष्पलाललाई नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने ऐतिहासिक श्रेय दिँदै उनको व्यक्तित्व र संघर्षको चर्चा गरेका छन् । आफ्ना दाजु सहिद गङ्गालाल र १९९७ सालका अन्य सहिदहरूबाट प्रेरित भएर पुष्पलालले आफ्नो सम्पूर्ण जीवन जनताको मुक्ति र सामाजिक परिवर्तनका लागि समर्पित गरेको विज्ञप्तिमा उल्लेख छ । निरङ्कुश र दमनकारी पञ्चायती शासनकालमा समेत आफ्नो राजनीतिक आस्था र सिद्धान्तमा अविचलित रहँदै उनले संघर्षलाई निरन्तरता दिएका छन्।
पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरेको र मार्क्सवादी दृष्टिकोणका आधारमा वर्गीय संरचना तथा राजनीतिक अन्तर्विरोधको पहिचान गरेको कुरालाई नेता नेपालले स्मरण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण