इजरायलबाट नेपालीको शव तत्कालै आउँदैन : परराष्ट्र मन्त्रालय
काठमाडौँ । इजरायलमा मारिएका नेपालीको शव तत्काल नआउने भएको छ । आक्रमणपछि मृत्यु भएका १० जना नेपालीको शव तत्काल ल्याउन नसकिने भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने बताएकी हुन् ।
‘शव तत्काल ल्याउन सकिदैन् । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन । अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन । हामीले पहल गरिरहेका छौं । तर, तत्काल ल्याउन सकिँदैन्’ उनले भनिन् ।
पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने उनको भनाई छ । इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर शव हस्तान्तरण गरेपछि मात्रै आउने बताइन् ।
‘तत्कालै ल्याउन सकिँदैन । मृतकका आफन्तहरूको शव ल्याउन ढिलाई हुँदा पीडा हुनु स्वभाविक हो । तर, इजरायलमा युद्धकै अवस्थामा रहेकाले तत्काल शव ल्याउन सकिदैन । सबैले त्यही अनुसार बुझिदिनुपर्यो’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण