कविता: मेरो देशको बिहानी
शनिबार, १७ चैत २०७४, ०८ : ०६

-इ. सन्तोष पोखरेल
आकाश चम्कियो चाँदी
धर्ती सुनसरी भयो
सूर्यको राप औ ज्योति
सृष्टिमा सब फैलियो ।
सुशुप्तादी सबै जागे
जाग्छ सृष्टि निरन्तर
पन्छी किल्लोल गाउँछन्
खोलो बग्दछ झरझर
उद्यमी हात जो उठून्
आलसी कन के भनम
वृत्ति निर्माणका खातिर
भावना सब वैरियुन् ।
निशाचर जगको बेला
सिद्धियो रात यो पख
उठोस् बिहानीको देश
मेरो नेपाल सौरभ ।