सञ्जयलाई जेलभित्रको जेल अर्थात् ‘गोलघर’मा राखियो
काठमाडौँ । गैरीगाउँ सामूहिक हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीलाई गोलघरमा राखिएको छ । अन्यकैदीबन्दीको सुरक्षाका लागि भन्दै भण्डारीलाई जेलभित्रको जेल अर्थात् गोलघरमा राखिएको हो ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न भन्दै केन्द्रीय कारागार सुन्धारामा पठाएको थियो । केन्द्रीय कारागार सुन्धाराले भण्डारीलाई जेलभित्रको पनि जेल अर्थात् गोलघरमा राख्न पठाएको हो ।
कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख ललित बस्नेतका अनुसार सुरक्षा संवेदनशीलताका कारण गोलघरमा राखिएको हो । अन्य कैदीबन्दीको सुरक्षालाई मध्यनजर गर्दै भण्डारीलाई गोलघरमा पठाइएको हो ।
गोलघरमा निकृष्ट प्रकृतिको अपराध गर्ने व्यक्ति र भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्तिहरुलाई राखिन्छ । यसअघि गोलघरमा सिरियल किलर चाल्र्स शोभराज, गुण्डानाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकालहरुलाई समेत राखिएको थियो ।
गोलघरभित्रका कैदीबन्दीले अन्य कैदीबन्दीले जति सुविधा पनि पाउँदैनन् । उनीहरुले अन्य कैदीबन्दीले जति भेटघाट समेत गर्न पाउँदैनन् भने फोन सम्पर्क गर्दा पनि प्रहरीको निगरानीमा उनीहरुकै अगाडि मात्रै फोन गर्न पाउँछन् ।
तीनकुने हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीलाई गोलघरमा पनि ढोका थुनेर राख्ने तयारी गरिएको छ । उनलाई विशेष निगरानीमा राख्नुपर्ने सुझाव आएको भन्दै शनिवारबाट ढोका नै थुनेर राख्ने र शौचालय जाने समयमा मात्रै ढोका खोल्ने विषयमा कुराकानी भइरहेको छ । शौचालय जाँदा वा परिवारका सदस्यसँग भेटघाट गर्दा पनि दुई जना सुरक्षाकर्मी साथमै रहनुपर्ने गोलघरको नियम छ ।
कारागार ऐन, २०७९ को दफा १८ मा ‘विशेष सुरक्षा कक्षको व्यवस्था गरिने’ प्रावधान छ । सुन्धारास्थित कारागार कार्यालयमा गोलघर भन्ने विशेष सुरक्षा कक्षा छ भने अन्य कारागारमा अन्य नामबाट त्यस्तो कक्षा स्थापना गर्ने व्यवस्था छ ।
गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण