मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि माओवादी निरन्तर अगाडि बढ्छ : शर्मा

आइतबार, २८ असोज २०८०, १२ : ४२
आइतबार, २८ असोज २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले प्राप्त  उपलब्धिको रक्षाका लागि माओवादी फेरि बलियो हुनुपर्ने बताएका छन् । त्यसका लागि माओवादीले आत्मालोचनासहितको सङ्कल्प गरेर रूपान्तरण अभियानमा जुटेकाले आलोचना सुन्न तयार भएको  बताए । 

उनले रूपान्तरण अभियान सबै पक्षसँग वृहत् अन्तरक्रिया गरी समाजमा भएका सबै खाले विभेदको अन्त्य गर्ने यात्रा भएको भनाइ राखे । यी सबै किसिमको समस्या हल गरी माओवादी निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जनाए । 

‘समाजमा देखिएका सबै खलका विभेद अन्त्य गरी माओवादी निरन्तर अगाडि बढ्छ । प्रशासनिक सुधार, कर्मचारी सुधार, राजनीति पार्टीको सुधार, समग्र समाजको सुधार गरी सामाजिक आर्थिक रूपान्तरण गरी एकताबद्ध बनाउन माओवादी फेरी बलियो भएर आउँछ’, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ मा आयाेजित कार्यक्रममा उनले भने ।

उनले राजनीति स्थायित्वका लागि राष्ट्रिय सहमति गरेर आ–आफ्ना कामको जिम्मेवारी लिएर प्रतिस्पर्धा गर्नुपर्ने तर्क गरे । सुशासन, आर्थिक समृद्धि, बेरोजगारी, समावेशी सहभागीताका लागि राष्ट्रिय सहमति आवश्यक भएको उनले तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप