शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा
मङ्गलबार, ३० असोज २०८०, १३ : ४९
काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्र चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि शोधान्तर स्थिति र चालु खाता दुवै बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति (बीओपी) ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा देखिएको हो ।
यस्तै, समीक्षा अवधिमा मुलुकको चालु खाता समेत २३ अर्ब ५० करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो भने चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण