सेल्सवेरीको ३०औँ वार्षिकोत्सव र दसैँको अवसरमा आकर्षक अफर
काठमाडौँ । दसैँको अवसर तथा कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ ।
यो अफर सेल्सवेरीका काठमाडौँ उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरूमा लागु हुनेछ । घरायसी, खाद्यान्न तथा किचनका सामानहरूमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । क्यास ब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको बताइएको छ ।
वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेकट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।
हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने व्यवस्थासमेत सेल्सवेरीले मिलाएको छ ।
त्यसैगरी सेल्सवेरीले काठमाडौँको महाराजगञ्जमा नेपालकै ठुलो र सुविधा सम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ । स्थापनाको ३०औँ वार्षिकोत्सवको सन्दर्भ र दसैँको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याउन सफल भएको हो ।
अत्याधुनिक सुविधा सम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँ पनको झझल्को दिन सेल्सवेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्गले जानकारी दिए । ‘यो भवन सपिङमा नयाँ गन्तव्यका रूपमा विकसित हुनेछ,’ उनले भने, ‘नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिदैछौं ।’
ग्राहकले ग्रोसरी, घरायसी, इलेकट्रोनिक्स लगायत सम्पूर्ण सामानहरू एकै भवनबाट ग्राहकले खरिद गर्न सक्नेछन् । साथै निकट भविष्यमा रुफटप रेष्टुरेन्ट, स्विमिङ पुल, ज्याकुजी, स्पा, रेडिमेट गार्मेन्ट्स, फर्निचर लगायत होम डेकोरका सामानहरू समेत कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण