पुरुष विश्वकपभन्दा पहिले महिला विश्वकप
काठमाडौँ । आईसीसी पुरुष एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७५ मा आयोजना भएको थियो । पुरुष विश्वकपको पहिलोदेखि तेस्रोसम्म लगातार तीनवटा संस्करण इङ्ल्यान्डले नै आयोजना गरेको थियो ।
तर, रमाइलो पक्ष के हो भने आईसीसी पुरुष एकदिवसीय विश्वकपभन्दा महिला एकदिवसीय विश्वकप दुई वर्षअघि नै सुरु भइसकेको थियो । महिला एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७३ मा आयोजना भएको थियो ।
महिला एकदिवसीय विश्वकपको पहिलो संस्करण पनि इङ्ल्यान्डले नै आयोजना गरेको थियो । पहिलो संस्करणको उपाधि पनि इङ्ल्यान्डले नै जितेको थियो । अस्ट्रेलिया उपविजेता बनेको थियो । सन् १९७८ मा भारतमा आयोजना भएको दोस्रो संस्करणको उपाधि अस्ट्रेलियाले जितेको थियो भने इङ्ल्यान्ड उपविजेता बनेको थियो ।
महिला एकदिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करण राउन्ड रोविन लिगका आधारमा खेलाइएकाले अंकका आधारमा विजेता र उपविजेताको घोषणा गरिएको थियो । हालसम्म महिला एकदिवसीय विश्वकपको १२ वटा संस्करण आयोजना भएको छ । महिला एकदिवसीय विश्वकपको १३औँ संस्करण भने सन् २०२५ मा भारतमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण