नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ११ वटा यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल कारोबार गर्ने सुविधा
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्युआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ ।
यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद (खुद्रा) तिर्नुपर्ने झन्झटको अन्त्य भएको बैंकको भनाइ छ ।
क्युआर कोड प्रणालीबाट राजश्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।
हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरू बिर्तामोड, जनकपुर, नेपालगन्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भ¥याङ, सानो भ¥याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।
बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरू र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण