प्रभाव पार्न सक्ने खेलाडी : मिचेल मार्स (अस्ट्रेलिया)

अस्ट्रेलियन टोलीका अलराउन्डर खेलाडी हुन्, मिचेल मार्स । ३२ वर्षीय मार्स टोलीका अनुभवी खेलाडी पनि हुन् । जारी विश्वकपमा भने यी दायाँ हाते ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेका छैनन् ।
जारी विश्वकपमा दुई हार भोगिसकेको अस्ट्रेलियाले शुक्रबार पाकिस्तानको सामना गर्दैछ । पाँचपटकको विश्वकप विजेता अस्ट्रेलियाका लागि निकै महत्वपूर्ण छ । यो खेलमा पनि पराजित भए अस्ट्रेलियाको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कम हुनेछ ।
त्यसैले पाकिस्तानविरुद्धको खेलमा अस्ट्रेलियाले आफ्ना अनुभवी खेलाडी मार्सबाट स्तरीय प्रदर्शनको आशा गरेको छ । जारी विश्वकपको भारत र दक्षिण अफ्रिकाविरुद्धको खेलमा जम्न नसकेका मार्सले श्रीलंकाविरुद्धको खेलमा भने अर्धसतकीय पाली खेलेका थिए ।
मार्सले अर्धसतक बनाएको श्रीलंकाविरुद्धको त्यो खेलमा अस्ट्रेलिया विजयी पनि भएको थियो । मार्सले अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच हजारभन्दा बढी रन बनाएका छन् । उनले अस्ट्रेलियाका लागि ८२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ३३.६७ को औसतले कुल दुई हजार दुई सय ९० रन बनाएका छन् ।
एकदिवसीय क्रिकेटमा उनले एक शतक र १८ वटा अर्धसतक पनि प्रहार गरेका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर अविजित एक सय दुई रन हो । एकदिवसीय खेलमा उनले ३५ वटा क्याच पनि लिएका छन् ।
यसैगरी उनले देशका लागि ३५ टेस्ट खेल्दै २७।४५ को औसतले कुल एक हजार पाँच सय १० रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले तीन शतक र चार अर्धसतक प्रहार गरेका छन् । टेस्टमा उनले बनाएको उच्च स्कोर एक सय ८१ रन हो । टेस्टमा उनले १८ वटा क्याच पनि लिएका छन् ।
यसका अतिरिक्त उनले ४९ वटा टी—२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ३३।४७ को औसतले कुल एक हजार दुई सय ७२ रन बनाएका छन् । टी—२० मा उनले आठवटा अर्धसतक प्रहार गरेका छन् । उनले उच्च स्कोर भने अविजित ९२ रन हो । उनले २४ वटा क्याच पनि लिएका छन् ।
यसैगरी उनी दायाँ हाते मध्यमतेज गतिका बलर पनि हुन् । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिएका छन् । उनले एकदिवसीयमा ५४, टेस्टमा ४५ र टी—२० मा १५ विकेट लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म